AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

वाइसिएल केराबारीद्वारा जनश्रमदान, ५ किलोमिटर क्षेत्रको पहिरो हटाइने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७८, बिहीबार १५:५२
477
Shares
केराबारी / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को अगुवाइमा मोरङ केराबारीमा वृहत सडक सरसफाइको काम सुरु गरिएको छ ।

खोर्साने–केराबारी–भोगटेनी–सिंहदेवी (खोकेभोसिं) सडक खण्डको ५ किलोमिटर क्षेत्रमा खसेको पहिरो हटाउने काममा वाइसिएल लागेको हो । हिंजोदेखि सुरु भएको सडक सफाइको काम एक हप्तासम्म चल्ने केराबारीका वाइसिएल इन्चार्ज खगेन्द्र सुवेदीले जानकारी दिए ।

सडक सफाइमा वाइसिएलमा आबद्ध ५० भन्दा बढी युवाहरुले निःशुल्क काम गरिरहेका छन् । जनश्रमदान कार्यक्रम उदारणीय र उर्जाशीर रहेको सो क्षेत्रका सांसद तथा माओवादी नेता कुशल लिम्बुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर