RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल विद्या सदनमा भव्य भयो ‘किडस कार्निभल’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०८०, शुक्रबार १८:४३
225
Shares
विराटनगर / विराटनगरस्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलमा पूर्वाञ्चल किड्स कार्निभल भएको छ । आज स्कुलले एक भव्य कार्यक्रम आयोजना गरी किड्स कानिर्भल कार्यक्रम आयोजना गरेको हो ।

पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत गणित र विज्ञान प्रर्दशनी, खेल, नृत्य, गायन, कल्चरल र फेन्सी डे«स प्रतियोगिता आयोजना गरिएको पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलका प्रिन्सिपल अर्जुन श्रेष्ठले जानकारी दिए । विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने र विद्यार्थीहरूमा पढाइमा सिकेको ज्ञान अभ्यास गर्ने उद्देश्यले किड्स कार्निभल गरिएको बताए । ‘किड्स कार्निभलले विद्यार्थीहरूको क्षमता अभिवृद्धी मात्रै गर्दैन विद्यार्थीहरूको सिकाइमा वृद्धी र पढाइको कुरा अभिभावकहरुले पनि प्रत्यक्ष रुपमा हेर्न पाउँछन्,’ प्रिन्सिपल श्रेष्ठले भने । विद्यार्थीहरूलाई पूर्वाञ्चल विद्या सदनले गुणस्तरीय शिक्षा मात्र नदिएर सिप, संस्कार र नैतिक शिक्षा पनि दिदै आएको उनले बताए ।

कुन इभेन्टमा को बिजेता ?

पूर्वाञ्चल किड्स कार्निभल अन्र्तगत फेन्सी डे«स प्रतियोगिताको प्रथम कक्षा ७ का आयुष यादव, द्धितीय कक्षा ६ का विष्णु याद र तृतीय कक्षा ६ कै एन्जल राना घोषित भए । यस्तै कल्चरल डे«स प्रतियोगिताको प्रथम कक्षा ३ की सिमल राजवंशी, द्धितीय कक्षा पाँचका अनुभव विमली र तृतीय कक्षा ६ का एलिजा मुर्मु भइन् ।

गायन प्रतियोगिताको प्रथम कक्षा ८ का हरिस भुजेल, द्धितयि कक्षा ९ का जिया मण्डल र तृतीय कक्षा ९ कै रुविना यादव भइन् । यस्तै नृत्य प्रतियोगिताको प्रथम कक्षा ५ की प्रियोन्सी सुवेदी, द्धितीय कक्षा पाँचकी सन्ध्या महत्तो र तृतीय कक्षा ६ की कृपा श्रेष्ठ भइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर