AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुनसरीको धरानबाट ९ जना सडक आश्रित बालकको उद्वार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ भाद्र २०८१, शनिबार १८:२५
63
Shares
फाइल तस्वीर
विराटनगर / सुनसरीको धरानबाट शुक्रबार राती ९ जना सडकआश्रित बालकको उद्वार गरिएको छ ।

धरानवाट धरान उपमहानगरपालिका, बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र १०४ कोशी प्रदेश, ईलाका प्रहरी कार्यालय धरानसँगको सहकार्यमा उद्वार प्रदेश समन्वय अधिकृत सुमन अधिकारीले जानकारी दिए।

सडक बालबालिकाको खोजि, निगरानी र उद्धार कार्यक्रम ९ जना सडक आश्रित बालकहरुलाई उद्धार गरिएको थियो । उद्धार गरिएका बालकहरुलाई राष्ट्रिय बालअधिकार परिषद्को समन्वयमा ईटहरी स्थित भ्वाईस अफ चिल्ड्रेनमा अस्थायी संरक्षण प्रदान गरिएको छ ।

सडक आश्रित बालक उद्धार कार्यमा धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्रविक्रम वेघा, प्रहरी लगायतको उपस्थिति रहेको थियो ।

नेपाल सरकारले २०८२ सालभित्र नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र घोषणा गर्ने लक्ष्य अनुरुप सडक आश्रित बालबालिकाहरुको खोजि, निगरानी, उद्धार र व्यवस्थापन कार्यलाई प्रभावकारी वनाएको छ ।

सोही कार्य अनुरुप कोशी प्रदेशका सडक आश्रित बालबालिकाहरु रहने मुख्य सहरहरु धरान, दमक, विर्तामोडहरुमा खोजि, उद्धार तथा व्यवस्थापन गर्ने कार्य राष्ट्रिय बालअधिकार परिषद्,बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र कोशी प्रदेशले प्रारम्भ गरेको समन्वय अधिकृत अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर