खबर पूर्वाञ्चल
एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानीनोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनु पर्ने कुरामा जोड दिए ।
गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सात वटै प्रदेशमा रहेको बताउँदै यस्तो कामले सङ्घीयता अभ्यासमा मद्दत पुगेको बताए । उनले यस्तो गोदामघर पालिका तहमा पनि राख्नु पर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणको रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने बताए ।
गृहमन्त्री लेखकले सरकारले १० महिनाको अवधिमा धेरै सुधारको काम गरेको भन्दै सरकारले छिट्टै नै शिक्षक सेवा ऐन, निजामति सेवा ऐन पारित गर्ने जानकारीसमेत दिए ।सरकारले सुशासनको मार्फत जनतामा आशा जगाएको जिकिर गर्दै उनले सरकार स्थायित्वको सन्देश पनि जनतामा दिएको बताए ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अहिले सरकारबाट प्रदेश सरकारले क्रमशः अधिकार प्राप्त गरिरहेको बताउँदै प्रदेश सरकारले यातायातका क्षेत्रमा ठूलो उपलब्धि हासिल गरेको जानकारी दिए । उनले प्रदेश सरकारलाई सङ्घीय मातहतमा रहेको सुरक्षाकर्मीहरुबाट निकै सहयोग प्राप्त भइरहेको बताउँदै कोशी प्रदेश सरकार संविधान र कानुन बाहिर गएर कुनै पनि काम नगर्ने दृढता व्यक्त गरे । उनले विपद्का क्षेत्रमा प्रदेश सरकारले निकै धेरै काम गरेको स्मरण गराउँदै जनतालाई सुरक्षिता बनाउने अुनभूतिका साथ सरकार काम गरिरहेको स्पष्ट परे ।
मुख्यमन्त्री कार्कीले मनसुन जन्य हुने विपद्का लागि प्रदेश सरकार गम्भीर छ भन्दै गृहमन्त्रालयबाट विपद्का लागि प्राप्त भएको सामग्रीका लागि धन्यवाद दिए ।
आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले तत्काल विपद्लाई सामना गर्न गृहमन्त्रालयबाट प्राप्त भएको सामग्रीले मद्दत पुग्ने बताए ।
गृहमन्त्रालय अन्तर्गतका सो गोदाम कोशी प्रदेश सरकारलाई हस्तान्तरण समारोहमा कोशी प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री हिक्मतकुमार कार्की र गृहमन्त्रालयका तर्फबाट गृहमन्त्री रमेश लेखकले हस्तारण कागजातमा हस्ताक्षर गरे ।