ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ फाल्गुन २०८१, सोमबार १८:०७
117
Shares
विराटनगर / विनायक बोर्डिङ सेकेण्डरी स्कुल र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा विद्यार्थीहरुलाई प्रहरीसँग एक दिन कार्यक्रम सम्पन्न भएको छ।

आज आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङका नागरिक सहायता कक्ष, कार्य र विशेष, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सहायता कक्ष, उजुरी छानबिन, अपराध अनुसन्धान र कन्ट्रोल रुमको भ्रमण गराई ती शाखाहरुबाट प्रदान गरिने सेवाहरुको बारेमा जानकारी गराइएको थियो।

कार्यक्रममा प्रहरी कर्मचारीहरुले विद्यार्थीहरुलाई प्रहरी सेवा लिने प्रक्रियाबारे सुचित गर्नुका साथै साइबर अपराध, लागूऔषध दुर्व्यसन, सडक सुरक्षा, आधारभुत सुरक्षालगायतका विषयमा तयार पारिएका श्रव्य दृष्य सामाग्रीहरुको प्रस्तुतिकरण गरिएको थियो।

प्रशिक्षकहरुसँगको अन्तरक्रियाले विद्यार्थीहरुलाई यी विषयहरुमा थप जानकारी प्राप्त गर्ने अवसर मिलेको थियो। यो कार्यक्रम विद्यार्थीहरुलाई प्रहरीको काम र समाजमा यसको महत्वबारे बुझ्नका लागि निकै उपयोगी रहेको विद्यालयका व्यवस्थापन प्रमुख अश्विनीकुमार ठाकुरले बताए । विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीहरु सहभागि रहेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर