AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मादी बस दुर्घटना, मृतक परिवारलाई प्रदेश सरकारले १ लाख रुपैया उपलब्ध गराउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ फाल्गुन २०७८, शुक्रबार १७:१९
234
Shares
विराटनगर / प्रदेश १ सरकारले संखुवासभाको मादी ६ मा भएको सवारी दुर्घटनामा परेकालाई आर्थिक सहयोग गर्ने जनाएको छ ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार बिहीबार संखुवासभाको मादी ६ मा भएको सवारी दुर्घटनामा मृत्यु भएका प्रत्येक परिवारलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैया उपलब्ध गराउने भएको छ । ओखलढुंगामा रहेका मन्त्री कार्कीले सवारी दुर्घटनाले प्रदेश सरकारलाई समेत स्तब्ध बनाएको बताउँदै मृतक १५ जनाको परिवारमा आर्थिक सहयोग गर्ने बताए । त्यसैगरि, सो दुर्घटनामा घाइते भएका सबै यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै ब्यहोर्ने मन्त्री कार्कीले जानकारी दिए ।

त्यसैगरि, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक अरुण बिसीका अनुसार मादीबाट झापाको दमक आउदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवहाक बस मादी सातघुम्ती मोडमा दुर्घटना भएको थियो । १४ जना यात्रुको घटनास्थलमा मृत्यु भएको बताएका प्रहरी प्रमुख बिसीले घाइते ५ जनालाई उपचारका लागि हेलिकप्टबाट बेलुका धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो । जसमा २७ वर्षीया युका पोखरेलको वीपीमा उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए।

घटनामा परि मादी ६ का ५० वर्षीय डम्बरबहादुर कार्की, मादी ४ की २४ वर्षीया करिश्मा तामांग, मादी ६ की २२ वर्षीया तुलसा कट्वाल, र मादी ४ का २४ वर्षीय सुवास तामाङ घाइते अवस्थामा छन् । उनीहरुको हाल वीपी प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको छ ।

त्यसैगरि, घटनामा परि बसका चालक तेह्रथुम फाक्चामाराका ३१ वर्षीय विपिन निरौला, सह चालक मादी ५ का उमेश भट्टराई, मादी ४ का ६० वर्षीय बलबहादुर कार्की, मादी ५ का ५५ वर्षीय श्याम शेर्पा, मादी ५ का ४८ वर्षीय दिपककुमार दाहाल, मादी ५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल, मादी २ का ४२ वर्षीय इन्द्र अधिकारी, मादी ६ की ३२ वर्षीया अञ्जना कटुवाल, मादी ६ की ३० वर्षीया सिता बि.क, मादी ४ की २८ वर्षीया सविता कार्की, मादी ६ की ५ वर्षीया दीक्षा कट्वाल, मादी ४ का आइतबहादुर तामांग, ताप्लेजुंगकी ३१ वर्षीया समीक्षा योञ्जन, ताप्लेजुंगकै ८ वर्षीय सुदिप घिसिंग र २७ वर्षीया युका पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर