animated ellipse animated ellipse

सुनसरीमा ५६ सहित प्रदेश १ मा ८७ जना थपिए नयाँ संक्रमित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ भाद्र २०७७, मंगलवार १६:२०
891
Shares
विराटनगर / सुनसरीमा ५६ सहित प्रदेश १ मा आज ८७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

सुनसरीबाहेक मोरङमा १५, झापामा १४ र पाँचथर र धनकुटामा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीको इनरुवामा ४ महिला २२ पुरुष, इटहरीमा ३ महिला १८ पुरुष, दुहवीमा ३ महिला ४ पुरुष, धरानमा १ महिला १ पुरुष, मोरंगको विराटनगरमा ३ महिला ७ पुरुष, बेलबारीमा २ महिला १ पुरुष र रतुवामाईमा २ पुरुषमा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको दमकमा ३ महिला ५ पुरुष, बा¥हदशीमा १ महिला ३ पुरुषm गौरीगञ्ज र कमल गाउँपालिकामा १–१ पुरुष, पाँचथरको फिदिममा १ पुरुष र धनकुटाको धनकुटा नगरपालिकामा १ महिलामा कोरोना संक्रमण देखिएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ५४ पुगेको छ ।

प्रदेश १ मा आज १४ जना डिस्चार्ज भएका छन् । वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२, कोभिड १९ आईसोलेसन केन्द्र, रंगेलीबाट २ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या १ हजार ६०३ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये २१ महिला र ६६ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा आज सम्म ९० हजार १६५ जनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर