animated ellipse animated ellipse

प्रदेश १ मा थपिए ३९९ जनामा संक्रमित, ३९८ जना संक्रमणमुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ भाद्र २०७८, मंगलवार १८:०५
855
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकुटामा ६, इलाममा ३, पाँचथर, उदयपुर र संखुवासभामा १–१ जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ८९, पथरीशनिश्चरेमा १०, केराबारीमा ७, बेलबारी र उर्लाबारीमा ३–३, बुढीगंगा, ग्रामथान, रंगेली र सुन्दरहरैचामा २–२, कटहरी, रतुवामाई, कानेपोखरीमा १–१, सुनसरीको इटहरीमा ७३, धरानमा ४, रामधुनीमा ३, इनरुवामा २, दुहवी, गढी, देवानगञ्ज र बराहक्षेत्रमा १–१ जनामा संक्रमण पुष्टि भएको छ ।

उता झापाको दमकमा १६, भद्रपुरमा १२, मेचीनगर र विर्तामोडमा ४–४, शिवसताक्षीमा ३, हल्दिबारी र झापा गाउँपालिकामा २–२, कचनकवल र कमल गाउँपालिकामा १–१, धनकुटाको धनकुटा नगरपालिमा ६, इलामको इलाम नगरपालिकामा २ र रोङमा १, पाँचथरको मिक्लाजुङ, उदयपुरको त्रियुगा र संखुवासभाको खाँदबारीमा १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९२ महिला र २०६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र ३ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर