पूर्वाञ्चल खबर
१ नम्बर प्रदेश प्रहरी कार्यालयको कार्यालय प्रमुखको कार्यभाग समालेका भोलीपल्ट पत्रकारसँगको परिचयत्मक कार्यक्रममा बोल्दै डिआजी ज्ञवालीले सो कुरा बताएका हुन् ।
डिआजी ज्ञवालीले शान्ति सुरक्षा शुव्यवस्थापन कायम गर्दै अपराध नियन्त्रण, घटित अपराधको सफल अनुसन्धान, पेन्डिङ मुद्दाको फर्छौड, फरार प्रतिवादीहरुलाई पक्राउ गरी कानुनि दायरामा ल्याउने बताए । उनले लागुऔध नियन्त्रणको लागि विशेष अभियान संचालन गर्ने समेत बताए ।
कार्यक्रममा संचारकर्मीहरुबाट उठेका बिविध जिज्ञासाहरुको बारेमा समेत प्रदेश प्रहरी प्रमुख ज्ञवालीले प्रस्ट पारे । ज्ञावली सरुवा भएर बुधबार मात्र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर आएका हुन् ।