नेपालमा एकै दिन थपिए ५७ जना कोरोना संक्रमित, संक्रमितको संख्या सय ९१ पुग्यो

पर्सामा मात्रै भेटिए ३९ जना
खबर पूर्वाञ्चल, ३० बैशाख २०७७, मंगलवार १३:४१

काठमाण्डौं / आज एकै दिन नेपालमा ५७ जनामा कोरोना संक्रमित थपिएका छन् । थपिएका सबैजना संक्रमित पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

थपिएका संक्रमितमध्ये पर्सामा मात्र ३९ जना रहेका छन् भने कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह(प्रवक्ता डा. समिरकुमार अधिकारी जानकारी दिए ।

यसअघि सोमबार रुपन्देही, कपिलवस्तु, बर्दिया र सप्तरीमा २४ जना कोरोना भाइरसका संक्रमित भेटिएका थिए । नेपालमा अहिलेसम्म कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् । स्मरणीय छ लकडाउन शुरु गरिएको पचासौं दिन भएका बेला यति ठूलो संख्यामा एकैचोटी संक्रमित फेला परेको यो पहिलो पटक हो ।

नेपालमा अहिलेसम्म ३३ संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५