खबर पूर्वाञ्चल
विराटनगरमा आज आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्द अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । क्रान्तिकारी र परिवर्तनकारी सोच भएकाहरु नेकपा एसमा आउने उनको भनाई छ ।
‘बयलगाडामा अमेरिका जानु र गणतन्त्र आउनु उस्तै हो भन्ने व्यक्ती केपी ओली नै थिए,’ अध्यक्ष नेपालले भने,‘ ओलीको पछि–पछि भनेको बयलगाडावाला मान्छे मात्रै जाने हुन, क्रान्तिकारी सोच भएका मान्छे, परिवर्तनका हिमायतीहरु जाने होइनन, हामीसँग जोडिन्छन् ।’
ओली आफ्नो दम्भका कारण उनी सत्ताको घोडाबाट भुईंमा बझारिएको समेत अध्यक्ष नेपाललले बताए । आफूहरुले नै आँट गरेर घोडामा सवार वादशाहलाई भुईँमा पछारेको बताउँदै उनले अब आउने चुनावमा नेकपा एमालेलाई टर्च बालेर खोज्नुपर्ने अवस्था आउने बताए । उनले भने ‘केपी ओलीका मान्छेले फुर्ती गर्नुपर्ने अवस्था छैन । भोलिको चुनावमा ओलीको पार्टीलाई टर्च बालेर खोज्नुपर्ने हुन्छ ।’
अध्यक्ष नेपालले दुई तिहाईको सत्ताको मात लागेका ओलीलाई आफूहरुले आँट गरेर भुईँमा पछारिदिएको सोत बताए । उनले अघि भने, ‘आज ओली भुईँमा पुगेका छन् । एकीकृत समाजवादी पार्टी सत्तामा पुगेको छ ।’
एमाले आफ्नै पार्टी भएपनि त्यहाँ नौ डिग्री स्केलको भुँइचालो आएको र घरको जग हल्लिन थालेपछि आफूहरुले विद्रोह गरेर नयाँ पार्टी जम्माएको उनले बताए ।
सूदूरपश्चिम प्रदेशमा एकीकृत समाजवादी पार्टी पहिलो भएको र ओलीको पार्टी भुईँमा पछारिएर उनले बताए । मालेमा विद्रोहको सुरुवात कर्णालीबाट भएको र दुई नम्बर प्रदेशमा पनि एमाले भन्दा आफूहरुको पार्टी ठूलो भएको उनले बताए ।