पूर्वाञ्चल खबर
समाजले पवित्र पृथ्वी समाज विराटनगरमा आयोजना गरेको साधारणसभामा सीडीएसका अध्यक्ष गंगाप्रसाद यादवले आ.व. २०७८÷०७९ कोवार्षिक प्रगति विवरण पेश गरे । समाजले रक्तदान, वृक्षारोपण, सुकुम्बासी परिवारको निःशुल्क स्वास्थ्य परीक्षण, महिलाको क्षमता अभिवृद्धि र सशक्तिकरणका साथै आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले कौसी खेती तालिम, मल उत्पादनका कार्यक्रम संचालन गरेको यादवले बताए ।
कृषकको आर्थिक स्तरोन्नतीकालागि बीउ विजन, मौसमी र बेमौसमी तरकारी खेतीका लागि प्रोत्साहनका साथै बजार प्रवन्धकोलागि सहजीकरण, अर्गानिक तरकारी खेती तालिम, बचत तथा ऋण लगानी, बाख्रा पालन, खानेपानी तथा सरसफाई लगायतका कार्यक्रम समाजले गरेको अध्यक्ष यादवले बताए ।
कोषाध्यक्ष लक्ष्मी निरौलाले आर्थिक विवरण पेश गर्दै ३० लाख ९० हजार ४ सय १४ रूपैयाँ आम्दानीमध्ये खर्च कटाई ५१ हजार १३५ रूपैयाँ बैंक मौज्दात रहेको बताइन् । कार्यक्रममा रेडक्रम मोरङ उपाध्यक्ष मन्दिरा रेग्मी, समाजसेवी जुगलकिशोर राठी, सचिव विपुलेन्द्र झा र सल्लाहकार शत्रुघनचन्द्र पौड्यालले सर्वसाधारणको गरिबी न्यूनीकरण गर्दै आयस्तर वृद्धिकालागि समाजले महत्वपूर्ण कार्य गरेको बताए ।
समाजको स्थापना २०५५ सालमा गरिएको थियो । समाजमा ११४ महिला र २२ पुरूष गरी जम्मा १३६ जनाको संलग्नता छ । झापा, धनकुटा र ते¥हथुममा समाजको शाखा संचालनमा छ ।