animated ellipse animated ellipse

कोशी विद्या मन्दिरमा अनलाईन कक्षा आरम्भ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१७ बैशाख २०७७, बुधबार १५:३२
9
Shares
विराटनगर / विराटनगर १० संसारीमाई स्थानमा रहेको कोशी विद्या मन्दिरले अनलाईन कक्षा र अनलाईन भर्ना समेत सञ्चालन गरेको छ ।

लकडाउनमा रहेको बखत घरमा बसी रहेका आफ्ना विद्यार्थीहरुका लागी विद्यालयले घरमै बसी अध्ययन–अध्यापन गराउने उद्देश्यले इन्टरनेटको माध्यमले अनलाईन कक्षा सञ्चालनमा ल्याएको हो । यो अभियानले अभिभावकवर्ग अत्यन्त खुशी रहेको कार्यक्रम संयोजक राजेशकुमार दासले बताए ।

अनिवार्य बिषयहरु अंग्रजी, नेपाली, विज्ञान, गणित र सामाजिक मध्ये प्रत्येक दिन मिलाएर अध्यापन गराइने र सो को पूर्व जानकारी विद्यार्थीहरुमा गराइने व्यवस्था रहेको विद्यालयका प्रिन्सिपल धीजनबाबु काफ्लेले जानकारी दिए । अहिलेसम्म विद्यालयका ७५ प्रतिशत विद्यार्थीलाई अनलाईन कक्षाका निम्ति जोड्न विद्यालय सफल भएको जानकारी प्रिन्सिपल काफ्लेले बताए । केही दिनपछि शत् प्रतिशत विद्यार्थीलाई जोड्ने लक्ष्यलिएको स्कूलले जनाएको छ ।
अनलाई कक्षा सँग–सँगै नयाँ शैक्षिक सत्र २०७७ का लागी नयाँ भर्नाको व्यवस्था समेत विद्यालयको वेभसाईट www.kvmbrt.com मार्फत  प्रारम्भ गरिएको विद्यालयले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर