पूर्वाञ्चल खबर
क्यानले आज हाल भारतको गुरुग्राममा उपचार गरिरहेका लोहनीलाई सहयोग गर्ने निर्णय गरेको हो । ‘लोहनी हालसम्म उपचाररत रहेको जानकारी प्राप्त हुन आएको हुँदा निज खेलाडीलाई औषधी उपचारको लागि यस संघबाट थप पाँचलाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरिएको छ,’ क्यानले भनेको छ ।
मधेश प्रदेश क्रिकेट संघको आयोजनामा २०८० जेठ १५ देखि २६ सम्म उक्त प्रतियोगिता जनकपुरमा सञ्चालन भएको थियो । उक्त प्रतियोगिता नसकिँदै अर्थात १९ गते गण्डकी प्रदेशका अमृत गुरुङले प्रहार गरेको बललाई ‘बाउन्ड्री लाइन’ मा रोक्नेक्रममा उनले घुँडाको गम्भीर चोट बोकेका हुन । क्यान आफैंले आयोजना गर्ने स्वीकृति दिएको प्रतियोगिताले के कति मापदण्ड पालना गरेको छ भन्ने कुनै हेक्का नै राखेको थिएन ।
सुस्ताएको क्रिकेटलाई उकास्न भन्दै प्रतियोगितालाई अध्ययन नै नगरी धमाधम स्वीकृति दिँदा उनी खेलाडी बिमाबाट वञ्चित भइसकेका थिए । त्यसैले उनलाई न त तत्काल सहयोग मिल्यो, न त उपचार खर्चको जिम्मेवारी कसैले लिएको थियो । हालसम्म उनको उपचारमा २० लाखभन्दा बढी खर्च भइसकेको छ । अब अझै यही हाराहारीमा थप खर्च लाग्ने उनको अनुमान छ । यसअघि क्यानले उनलाई एक लाख रुपैयाँ राहत रकम दिएको थियो ।