RUMPUM
animated ellipse animated ellipse

अबैध औषधीसहित ३ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ फाल्गुन २०७८, बिहीबार १५:३८
270
Shares
सुनसरी / सुनसरीका दुई फरक फरक स्थानबाट प्रहरीले अबैध औषधीसहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सालवन्दी २ का २१ बर्षीय अर्जुन कार्की , सालबन्दी ६ मुनाल चोकका युगल श्रेष्ठ र सुनसरी धरान ‍१५ मिलन चोकका १९ बर्षीय अमन गुरुङ रहेका छन् ।

कार्की र श्रेष्ठलाई बुधबार प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरी टोलीले सालबन्दी भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आँउदै गरेको प्र १-०२ ००३ ह ३६३७ नम्बरको अटो चेक जाँच गर्ने क्रममा उक्त अटोमा लुकाई छिपाई ल्याउदै गरेको ट्रामाडोल १७८० क्याप्सुल र स्पास्मोप्रोक्सिभोन १६ क्याप्सुलसहित पक्राउ गरेको हो भने अस्थाई प्रहरी पोष्ट श्यामचोकबाट खटिएको प्रहरी टोलीले गुरुङलाई ३,४०० ट्याव्लेट ट्रामाडोल र ३,४०० ट्याव्लेट स्पास्पेन सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर