RUMPUM
animated ellipse animated ellipse

वडा नम्बर–१० को कार्यालय अनिश्चितकाल सिल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ भाद्र २०७७, शनिबार २१:५६
6.71k
Shares
विराटनगर / विराटनगर महानगरपालीका वडा नम्बर–१० को कार्यालय आइतबारदेखि अनिश्चितकाल सिल गरिएको छ ।

वडा नम्बर १० को कार्यलयमा दरवन्दी भएकी नर्सलाई आज कोरोना संक्रमण पुष्टि भए पछि कार्यलय सिल गरिएको वडा अध्यक्ष माधवराज वाग्लेले जानकारी दिए । कोराना संक्रमण पुष्टि भएकी नर्स विराटनगर महानगरपालिकाले बनाएको आइसोलेशनमा संक्रमितको रेखदेखमा खटिएकी थिइन् । उनको कोशी अस्पतालको ल्याबमा गराएको पिसिआर रिर्पोट पोजेटिभ आएको हो ।

वडा अध्यक्ष वाग्लेका अनुसार वडामा दरवन्दी रहेका सवै कर्मचारीलगायत अध्यक्षसहित सवै सदस्यको आज पठाएको पिसिआर परिक्षणको रिर्पोट नआएसम्म वडा कार्यालयको दुवै भवन सिल गरिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर