animated ellipse animated ellipse

माधवको साथ छाडेर एमालेमै बसेका दुई सांसद प्रदेश १ को मन्त्री नियुक्त

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ भाद्र २०७८, शुक्रबार १७:५०
2.11k
Shares
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले दुई जना मन्त्री नियुक्त गरेका छन् । आज दिनभरको छलफलपछि आचार्यले लछुमन तिवारी र बलबहादुर साम्सोहाङलाई मन्त्री नियुक्त गरेका हुन् ।

उनीहरुले आज साँझ सपथग्रहण गरेका छन् । ताप्लेजुङका साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हन् ।
यसअघि माधव नेपाल समूहमा रहेका उनीहरू नेकपा एकीकृत समाजवादीमा नगइ एमालेमै बसेका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर