खबर पूर्वाञ्चल
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै जिल्लामा गठन हुने कमिटीहरुबाट पार्टी फुटाउने होइन यसबाट कार्यकर्ताहरुमा उत्साह थपिनुका साथै र पार्टी एकतावद्ध हुने बताए । नेता नेपालले पार्टीले लोकतान्त्रिक सङ्घीयताको मूल्य र मान्यताका कायम राखी मुलुकमा सुशासन सहित जनताको जीवनस्तर उकास्ने कार्यमा जिल्ला दौडाहा कार्यमा लागेको बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अदालतको आदेश आफुले सम्मान गर्ने बताउँदै पार्टी विसं २०७५ जेठ २ गते आगाडि सबै निर्वाचित सवै पदाधिकारी कायम रहनु पर्नेमा जोड दिए । उनले प्रदेश सरकार विरुद्ध ल्याएको अविश्वास फिर्ता केही वाध्यताका कारण भएको समेत बताए ।
नेता नेपालले बर्तमान पार्टी नेतृत्वले कार्यकर्ताको मनोवल घटाएको, संगठन छिन्नभिन्न बनाएको आरोप लगाउदै सबै कार्यकर्तालाई एकतावद्ध गरी सुदृढ पार्टी बनाउने दावी समेत गरे ।
तपाईको प्रतिक्रिया