RUMPUM
animated ellipse animated ellipse

टीकाराम चेम्जोङ एमाले कोशीको उपाध्यक्षमा निर्विरोध निर्वाचित

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१४ आश्विन २०८०, आईतवार १७:१६
99
Shares
विराटनगर /नेकपा एमाले कोशी प्रदेश कमिटीको उपाध्यक्षमा टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश राजधानी विराटनगरमा शुक्रबारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी उपाध्यक्षका लागि उनको मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध निर्वाचित भएका हुन् । चेम्जोङ निर्विरोध निर्वाचित भएपनि निर्वाचन समितिले घोषणा गर्न बाँकी छ । उनी यसअघि पनि प्रदेश कमिटीको उपाध्यक्ष थिए ।

चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौबिसे निवासी चेम्जोङ कोशीमा एमालेको बलियो पकड भएका नेता हुन् । २०५४ सालपछि देशभर माधव नेपाल समूहको दबदबा भइरहँदा पनि धनकुटामा उनकै नेतृत्वमा ओली समूहले जिल्लाको नेतृत्व गरेको थियो ।

उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समिति सभापति निर्वाचित भएका थिए।

२०५४ सालमा पार्टी उपसचिव र २०५७ सालमा सचिवमा निर्वाचित भई २०६६ सम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका नेता हुन् । यसअघि उनले अध्यक्षमा दाबी गर्दै आएका थिए ।

अन्य पदका लागि आजै मतदान गर्ने निर्वाचन समितिको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

ताजा समाचार