AArya
RUMPUM
animated ellipse animated ellipse

नागरिकको अधिकारप्रति पत्रकारलाई कलम चलाउन सभामुख भण्डारीको आग्रह

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ चैत्र २०७८, बुधबार १९:२९
234
Shares
विराटनगर / प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले पत्रकारहरुले निश्पक्ष, सत्य तथ्यका आधारमा जनताको पक्षमा समाचार पस्कनु पर्ने बताए ।

नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवसको अवसरमा आयोजित षष्टिका बस्नेत सूचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ कार्यक्रममा उनले सो कुरा बताएका हुन् । सभामुख भण्डारीले मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तन क्षेत्रका खेलेको भूमिकाको प्रशंसा समेत गरे । उनले नागरिकको अधिकारप्रति कलम चलाउन आग्रह गर्दै पत्रकार विश्वासिलो भएमा जनतामा सम्मानिय हुने बताए ।

यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले पत्रकारको जीविकोपार्जन,पेशाप्रति दक्ष बनाउन प्रदेश सञ्चार व्यवस्थापन विधेयक प्रदेश सभामा पेश गरेको जानकारी दिदै कानूनको पालनावाट मुलुकमा सुशासन कायम हुने बताए ।

उनले महिला, दलित अपाङ्ग र पिछडिएका क्षेत्रका महिलाहरुलाई पत्रकारिता स्नातकोत्तर अध्ययनमा छात्रवृत्तिको व्यवस्था गर्ने बताउँदै प्रदेशमा दर्ता भएका पत्रपत्रिकाहरुलाई लोककल्याणकारी विज्ञापनको समानुपाति वितरणको व्यवस्था गरेको जानकारी दिए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यवसायिक पत्रकारहरुको पेशागत हकहित संरक्षणका लागि तीनतहको सरकारको दायित्व रहेको छ भन्दै यस पेशाबाट जीवन निर्वाह गर्न समस्या रहेको आफ्नो अनुभव सुनाए ।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले राज्यको काम कारवाहीलाई पारदर्शी बनाउन सबैले आफ्नो क्षेत्रबाट प्रतिवद्धता व्यक्त गर्नुपर्नेमा जोड दिदै सूचनाको अधिकार व्यवहारमा उतार्न जटिलता रहेको बताए ।

महासङ्घका मोरङ सभापति सन्जिव खनाल, उपाध्यक्ष तारा आचार्य, कोषाध्यक्ष अभय राई, महासङ्घ प्रदेश अध्यक्ष लीलावल्लभ घिमिरे,नेपाल पे्रस चौतरीका केन्द्रीय सचिव विक्रम लुईटेल, प्रेस सेन्टरका प्रदेश अध्यक्ष विनोद घिमिरे, यज्ञ शर्मा, कोषका दाता केदारबहादुर बस्नेत र सम्मानित वुढाथोकीले जनताको हक अधिकार संरक्षण लागि महासङ्घ अगाडि वढ्नु पर्ने आवश्यक्त्ता रहेको बताए ।

विराटनगर– ११ निवासी बस्नेतले सूचनाको अधिकार क्षेत्रमा कार्य गर्ने अभियन्ता एवं पत्रकारलाई प्रदान गर्न आफ्नो स्व. धर्मपत्नी षष्टिका बस्नेतको नामा सात लाख अक्षय कोष स्थापना गरेका हुन् । षष्टिका बस्नेत सुचनाको अधिकार र प्रोत्साहन पुरस्कार–२०७८ पत्रकारद्वय गजेन्द्र बुढाथोकी र देवनारायण साहलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर