AArya
RUMPUM
animated ellipse animated ellipse

गणतन्त्र दिवसको अवसरमा प्रदेश सरकारले उतारो राष्ट्रिय कलाकारलाई मैदानमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१६ जेष्ठ २०८२, शुक्रबार ०८:५८
90
Shares
गणतन्त्र दिवसमा विराटनरमा कोशी प्रदेश सरकारले आयोजना गरेको कन्सर्टमा आफ्नो प्रस्तुती दिँदै गायिका रचना रिमाल । तस्वीर : पुष्पराज थपलिया
पुष्पराज थपलिया
विराटनगर / गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीतको कन्सर्ट आयोजना गरेको छ ।

गणतन्त्र दिवसलाई उत्सवको रुपमा मनाउन प्रदेश सरकारले नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा किशोर किशोरी र युवाहरुलाई लक्षित गर्दै उत्सवका साथ गणतन्त्रको भावना जगाउन राष्ट्रिय भावनाले ओतप्रोत गीत संगीतको भव्य कन्सर्ट विहिबार साँझमा विराटनरको महेन्द्र चोकमा आयोजना गरेको थियो ।

सांस्कृति कन्सर्टमा रचना रिमाल, सुमित खड्का अन्जु गौतम, मञ्जु गौतमलगायतले प्रस्तुती दिएका थिए । राती ८ बजे रचना रिमाल स्टेलमा चड्दा कन्सर्टको माहोल तातेको थियो । एनले गाएको गितमा उपस्थित सवै दर्शक नाचेर कन्सर्टको माहोल तताएका थिए ।

यस प्रकारका कार्यक्रमहरूले राष्ट्रिय एकता, राष्ट्रियता र संस्कृतिको प्रवद्र्धनमा सकारात्मक योगदान र्पुयाउने आयोजकहरूले बताएका छन् । तस्वीरहरु पुष्पराज थपलिया

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर