पछिल्लो २४ घण्टामा मुलुकभर ६१३५ जना कोरोना मुक्त, थपिए ८५२० जना संक्रमित

२ सय ३ जनाको मृत्यु
खबर पूर्वाञ्चल, ३१ बैशाख २०७८, शुक्रबार १८:१३

विराटनगर / पछिल्लो २४ घण्टामा मुलुकभर ६ हजार १३५ जना कोरोना मुक्त भएका छ भने ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ । एकै दिन निको भएको यो संख्या अहिलेसम्मकै उच्च हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको छ । २१ हजार ४ सय ७८ जनाको नमुना परीक्षण गरिएकोमा २० हजार ९४८ जनाको पिसिआर र ५३० जनाको एन्टिजेन परीक्षण भएको थियो ।
यस अवधिमा मुलुकभर थप २०३ जनाको कोरोनाबाट मृत्यु भएको छ । योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ६ सय ६९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५