AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सोलुखुम्बुमा कुटपिटबाट एक जनाको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ जेष्ठ २०८२, शनिबार १४:१०
63
Shares
सोलुखुम्बु / सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ मा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईको कुटपिटबाट मृत्यु भएको हो । घटनामा सोही स्थानका २६ वर्षीय रघु कुलुङ राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जेठ १४ गते सामान्य विवादको क्रममा रघुले प्रेमलाई बाँसको भाटा र लाठ्ठी प्रयोग गरी शरीरका विभिन्न भागमा कुटपिट गरेका थिए। घाइते भएका प्रेमलाई उपचारका लागि महाकुलुङ आधारभूत अस्पताल बुङमा लगिएको थियो। तर उपचारको क्रममा जेठ १६ गते उनको मृत्यु भयो ।

प्रहरीका अनुसार घटनामा संलग्न रघुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुमा राखेर थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक अनुसन्धानमा घटनाको कारण सामान्य विवाद देखिए पनि विस्तृत पृष्ठभूमि खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

स्थानीयवासीले घटनाप्रति दुख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारवाहीको माग गरेका छन्। प्रहरीले घटनाको अनुसन्धानलाई प्राथमिकताका साथ अगाडि बढाइरहेको सोलुखुम्बु प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर