AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डको वक्तृत्वकलामा एलिसा र मेनुका प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ भाद्र २०८१, बिहीबार १८:३६
180
Shares
विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।

‘युवाहरु विदेश पलायन रहर कि बाध्यता’ शीर्षकमा नेपाली र अंग्रेजी भाषामा आयोजित प्रतिस्पर्धामा ४२ जना सहभागी भएका थिए ।

नेपालीतर्फको प्रतिस्पर्धामा एलिसा खतिवडा प्रथम, विश्रुति दाहाल द्वितीय, किस्मत सापकोटाले तृतीय हुँदा पुजना श्रेष्ठ र आशिषसिंह राजपुतले सान्त्वना भए । अंग्रेजी भाषातर्फको प्रतिस्पर्धामा मेनुकादेवी दाहाल प्रथम, निधि झा द्वितीय, ट्रिजा राई तृतीय हुँदा आशिका श्रेष्ठ र अंकित छागानीले सान्त्वना स्थान प्राप्त गरे । नेपाली भाषातर्फको निर्णायकमा कवि एवं पत्रकार मीनकुमार नवोदित रहेका थिए भने अंग्रेजी भाषातर्फको निर्णायकमा महेन्द्र मोरङ क्याम्पसका प्राध्यापक नरेश पौडेल थिए ।

प्रतिस्पर्धामा विजेता विद्यार्थीहरुलाई कलेजका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष डा. पीके झा, प्रिन्सिपल लक्ष्मण ढकाल, हिसानका केन्द्रीय उपाध्यक्षसमेत रहेका कलेजका निर्देशक भेषराज पोखरेल, डा. मनोज गुप्ता, प्रदीप भगत, नन्दकिशोर अग्रवाल, निर्णायकद्वय मीनकुमार नवोदित र नरेश पौडेललगायतले नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा कलेजका उपाध्यक्ष झा, प्रिन्सिपल ढकाल, निर्देशक पोखरेल, निर्णायक नवोदितलगायतले पाठ्यक्रमको अध्ययनसँगै अतिरिक्त क्रियाकलापमा पनि अब्बल हुन विद्यार्थीहरुलाई आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर