पूर्वाञ्चल खबर
नेपाली काँग्रेस निकट तरुण दल विराटनगरका नेता रोनाल कँडेलको समूहले पिन्टु भनिने सञ्जय सिंहललाइ बन्धक बनाएर कुटपिट गरेको हुन् ।
कँडेलको समूहले गत बिहीबार राती सञ्जयलाई कृष्ण होटलको माथिल्लो तलामा बन्धक बनाएर कुटपिट गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।
केही दिन अगाडी सट्टाबाजमा कँडेलको समूहले १४/१५ लाख रूपैयाँ हारेको स्रोतको दाबी छ । ‘पैसाँ असुल्न कडेलका समूहले कृष्ण होटलमा बन्धक बनाएर कुटपिट गर्दै तीन वटा चेकमा ८ लाख रूपैयाँ दरले असोज १५ र २१ गते मिती उल्लेखछ गर्दै लिएर गएको सन्जयले राखेको स्टाटसमा उल्लेखछ ।’ सञ्जयलाई कुटपिट गर्न विराटनगरमा सुनचाँदीको व्यापार गर्दै आएका बिकास सोनीको गाडी लिएर गएका थिए । रोनालले गाढी मागेपछि विकासले पनि सहज रूपमा दिएका थिए । सञ्जयमाथि सट्टाबाजी खेलाउने गरेको आरोप छ ।
कँडेलले कुटपिट गरेपछि होटलको खर्च तिर्न भन्दै भोलिपल्ट बिहान ५० हजार रुपैयाँ मागेको फेसबुक पोस्टमा उल्लेख छ । पैसा दिने बाहनामा आफू भागेर बचेको सिंघलले उल्लेख गरेका छन् ।
प्रहरी स्रोतका अनुसार इन्डियन प्रिमियर लिग (आईपीएल)मा सट्टेबाजी लगाउँदा हारेको रकम उठाउनका लागि सिंघलमाथि कुटपिट भएको देखिन्छ । सिंघल र कँडेल दुवै जना सट्टेबाजका खेलाडी रहेको प्रहरी दाबी छ ।
सट्टेबाजीमा पैसा हारेपछि दुई जनाबीच हिसाब नमिल्दा घटना भएको हुनसक्ने बताइको छ ।
घटनाको विषयमा बुझन प्रहरीले सन्जय सिंहल र व्यापारी बिकास सोनीलाई मोरङ प्रहरीमा ल्याएर अनुसन्धान गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसी मानबहादुर राईले जानकारी दिए । ‘घटना बाहिर आएपछि सोधपुछको लागि बोलाएको हौ,’ डिएसपी राईले भने, ‘हामीले यस घटनामा अनुसन्धान गर्दै आएको छौं ।’ बन्धकक बनाएर कुटपिट गरेको आरोप लागेको रोनाल कडेँल भने विरामी भएर नोबेल अस्पताल रहेको मोरङ प्रहरीले जनाएको छ । कडेलमाथि पनि अनुसन्धान हुने प्रहरीले जनाएको छ । कडेँललाई अस्पतालमा प्रहरीको निगरानीमा राखिएको छ ।