प्रदेश १ मा ९३७ संक्रमणमुक्त, थपिए ३३९ संक्रमित र १४ जना संक्रमितको मृत्यु

खबर पूर्वाञ्चल, १३ असार २०७८, आईतवार १७:४६

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ९३७ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४५३ महिला र ४८४ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ३०६ पुगेको छ ।

सोही अवधि प्रदेश १ मा ३३९ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ११२, सुनसरीमा ९७, झापामा ८१, उदयपुरमा १०, संखुवासभामा ८, इलाममा ६, भोजपुरमा ३, धनकुटामा २, ताप्लेजुङ, खोटाङ र ते¥हथुममा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ३९, सुन्दरहरैचामा ३६, उर्लाबारीमा ८, बेलबारीमा ७, बुढीगंगामा ६, केराबारीमा ४, सुनबर्षीमा ३, मिक्लाजुङ, कानेपोखरी, पथरीशनिश्चरे र ग्रामथानमा २–२, रतुवामाईमा १, सुनसरीको इटहरीमा ४६, बराहक्षेत्रमा २९, रामधुनीमा ६, दुहवीमा ४, धरान र इनरुवामा ३–३, देवानगञ्ज र हरिनगरमा २–२, बर्जु र भोक्राहानरसिंहमा १–१, झापाको विर्तामोडमा १९, अर्जुनधारामा १७, दमकमा १६, कनकाई र शिवसताक्षीमा ७–७, बा¥हदशीमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३–३, गौरीगञ्ज र गौरादहमा २–२, स्थानीय तह नखुलेका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरि उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४ र बेलकामा १, संखुवासभाको चैनपुरमा ६, खाँदबारी र सभापोखरीमा १–१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका, माई, माईजोगमाई र मांसेबुङमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा ३, धनकुटाको धनकुटा नगरपालिका र पाख्रिवासमा १–१, ताप्लेजुङको सिदिङ्वा, खोटाङ र ते¥हथुमको म्याङलुङमा १–१ र प्रदेश १ बाहिरका १७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७० हजार ५३० पुगेको छ । सक्रिय संक्रमितको संख्या ८ हजार ३७ रहेको छ । प्रदेश १ मा आज १ हजार ४८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १५४ महिला र १८५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकको संख्या ११८७ पुगेको छ । जस्मा ३५६ महिला र ८३१ पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

मृत्यु हुनेमा सवै भन्दा बढी झापाका ६जना संक्रमितको मृत्यु भएको छ भने मोरङका ३ जनाको मृत्यु भएको ट भने सुनसरीका २ जना, भोजपुर, पाँचथर र प्रदेश १ बाहिरका १–१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Bhagwan jha लेख्नुहुन्छ

    Informatic and realistic data. Be careful,stay home safely still needed.

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५