खबर पूर्वाञ्चल
आज दिउँसो मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए । विस्तारित मन्त्रीमण्डल अनुसार आर्थिक मामिला तथा योजना मन्त्रालय रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालय गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालय लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालय राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् ।
त्यस्तै पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएका छन् । उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा भने मुख्यमन्त्री आफैँले राखेका छन् । राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
यसअघि माओवादीबाट मन्त्रीमा मोरङका गणेशप्रसाद उप्रेती र एमालेबाट रामबहादुर मगरलाई मन्त्रीमा नियुक्त गरिएको भएपनि मुख्यमन्त्री कार्कीले त्यसबेला उनीहरुलाई जिम्मेवारी दिएका थिएनन् ।
तपाईको प्रतिक्रिया