खबर पूर्वाञ्चल
विराटनगर / विराटनगरको विराट व्यापार संघ आज २०औं वर्षमा प्रवेश गरेको छ । संघले विभिन्न कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ ।
संघले वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको समेत आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रमबाट ३२ पिन्ट ब्लड संकलन भएको संघका अध्यक्ष सुजन थापाले जानकारी दिए ।
सोही अवसरमा संघले विराटनगर स्थित बस पार्कमा विगत लामो समयदेखि बसेका मजदुरहरुलाई खाद्यान्न सामान समेत वितरण गरेका छ । त्यसैगरी संघले विराटनगर ९ स्थित बुधहाट चौक पंचमुखी हनुमान मंदिर अगाडी दीप प्रज्वलन समेत गरेका थिए ।