AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको शिक्षादिप कलेजद्वारा एमबीबीएस प्रवेश परीक्षामा नेपाल प्रथम हुने छात्रा विभालाई नगदसहित सम्मान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०८२, बुधबार १६:५१
873
Shares
विराटनगर / एमबीबीएस प्रवेश परीक्षामा नेपाल प्रथम हुने छात्रा विभाकुमारी नायकलाई विराटनगरको शिक्षादिप कलेजद्वारा नगदसहित सम्मान गरेको छ ।

शिक्षादीप कलेजले शैक्षिक उत्कृष्टताको आफ्नो गौरवपूर्ण परम्परालाई निरन्तरता दिर्दै छात्रा नायकले चिकित्सा शिक्षा आयोगद्वारा आयोजित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा छात्रातर्फ नेपाल प्रथम हुँदै ऐतिहासिक सफलता हासिल गरेकी छिन् ।

आयोगले गत कात्तिक १५ गते सञ्चालन गरी सोमबार सार्वजनिक गरेको नतिजाअनुसार नायकले देशभरिका १७ हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै छात्रातर्फ सर्वोत्कृष्ट स्थान हासिल गरेकी हुन् । समग्र योग्यताक्रममा पनि उनले छैटौं स्थान ओगट्न सफल भएकी छिन् । यसैगरी सोही कलेजका अन्य दुई विद्यार्थी श्रुति बर्नवाल र पुष्पराज तिम्सिनाले पनि उत्कृष्ट नतिजा ल्याउँदै प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका छन् ।

यो ऐतिहासिक सफलताको खुसियालीमा शिक्षादिप कलेजले आज कलेज परिसरमा एक विशेष समारोह आयोजना गरी नायकसहित अन्य उत्कृष्ट विद्यार्थीहरूलाई भव्य सम्मान गरेको छ । छात्रातर्फ देशकै सर्वोत्कृष्ट स्थान हासिल गरेकी नायकलाई कलेजले नगद ५१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान ग¥यो । कार्यक्रममा बर्नवाल र तिम्सिनालाई पनि उनीहरूको उत्कृष्ट प्रदर्शनका लागि विशेष सम्मान गरियो । उनीहरूलाई कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले सम्मानपत्र तथा पुरस्कार हस्तान्तरण गरे ।

सम्मान ग्रहणपछि बोल्दै छात्रा नायकले आफ्नो सफलताको श्रेय निरन्तरको लगनशीलता, कलेजको अनुशासित शैक्षिक वातावरण र गुरुहरूको कुशल मार्गदर्शनलाई दिइन् । उनले भनिन्, “मेहनत र सही दिशा निर्देश भयो भने सफलता अवश्य मिल्छ । म आफ्नो कलेज, शिक्षकहरू र परिवारप्रति सधैँ आभारी रहनेछु ।’

कार्यक्रममा बोल्दै कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काले विभाको सफलताले कलेजको मात्र नभई पूरै विराटनगरको शिर उच्च बनाएको बताए । उनले भने, “हाम्रा एक दर्जनभन्दा बढी विद्यार्थीले यसपटक एमबीबीएस प्रवेश परीक्षामा नाम निकालेका छन्, यो हाम्रो लागि गर्वको कुरा हो । हाम्रो लक्ष्य शिक्षादिपलाई देशकै नम्बर एक कलेज बनाउनु हो र यो नतिजाले हामीलाई थप ऊर्जा दिएको छ ।’’

उनले सम्पूर्ण सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गरे । शिक्षादिप कलेजले विगतका वर्षहरूमा पनि यस्तै उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ । वि.सं. २०७९ मा पनि यसै कलेजकी छात्रा अदितीकुमारी जैनले चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षामा छात्रातर्फ टपर बन्ने गौरव प्राप्त गरेकी थिइन् । उनले २०० पूर्णाङ्कमा १७१.५ अंकसहित सर्वोत्कृष्ट नतिजा निकालेकी थिइन् ।

सक्षम नेतृत्व, कुशल व्यवस्थापन, उत्कृष्ट शैक्षिक वातावरण तथा मिहिनेती प्राध्यापक–शिक्षकको कारण शिक्षादिप कलेज देशभरीमै सबैभन्दा बढी विद्यार्थी एमबीबीएस र इन्जिनियरिङमा नाम निकाल्ने कलेजको रुपमा परिचित छ । यहाँबाट उत्तीर्ण हजारौं विद्यार्थीहरू आज चिकित्सा, इन्जिनियरिङ, आईटीलगायत अन्य प्राविधिक र वित्तीय क्षेत्रमा आफ्नो सफल करियर बनाइरहेका छन् ।

कलेजले आफ्नो विद्यार्थीहरुलाई विभिन्न प्राविधिक बिषयका प्रवेश परीक्षाका लागि अतिरिक्त कक्षा विगतदेखि सञ्चालन गर्दै आइरहेको कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए ।

कलेजमा ११ र १२ का दुई हजार पाँच सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् । कलेजले यस वर्ष १२ कक्षाको परीक्षामा एक हजार विद्यार्थी सहभागी भएकोमा ९६ प्रतिशत उत्तीर्ण भएको कलेजले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर