एकल महिलाको हत्यामा संलग्न सुनसरीमा चार महिला पक्राउ

खबर पूर्वाञ्चल, २० मंसिर २०७९, मंगलवार १९:०४
594
Shares
धरान /सुनसरीको धरान उपमहानगरपालिका–१३ मा एक महिलाको हत्यामा संलग्न चार जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय धरानले ४२ वर्षीय एकल महिला उषा राईको हत्यामा संलग्न चार जना अभियुक्तलाई पक्राउ गरि आजप सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा धरान–१३ की ५५ वर्षीया उर्मिला राई, २६ वर्षीया सुमित्रा राई, धरान–१७ की २९ वर्षीय सुसेली राई र ४० वर्षीय रत्न लिम्बु सुब्बालाई रहेका छन्। हत्यामा संलग्न मुख्य अभियुक्त उर्मिलाले आफ्ना श्रीमान् गोविन्द्र राईसँग उषाको अबैध सम्बन्ध रहेको भन्दै स्थानीय जनजागृति आमा समुहका सदस्यहरूलाई बोलाएर उषामाथि कुटपिट गरेकी थिइन् ।

घटनामा गम्भीर घाइते भएकी उषाको उपचारका क्रममा मंसिर १३ गते मृत्यु भएको थियो । उषाको परिवारले हत्यामा संलग्न स्थानीय सिर्जना राई, निरकुमारी गुरुङ, मिना राईलगायतका नाममा किटानी जाहेरी दिएपनि प्रहरीले पक्राउ गर्न सकेको छैन । प्रहरीले घटना भएको बेला खिचिएको भिडियोमा देखिएका महिलाहरुको पनि खोजी र अनुसन्धान भइरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्ध श्रेष्ठका अनुसार अभियुक्तहरूको पहिचान भइसकेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । हत्यामा संलग्न चार जनालाई पक्राउ गरेपछि आफन्तले उषाको शव पोष्टमार्टम पछि दाहसंस्कार गरेका छन् । उषाकी छोरी स्मृति राईले आमाको हत्यामा संलग्न सबैलाई पक्राउ गरी कडा कारबाही गर्न माग गरेकी छिन् ।

मृतक उषाको श्रीमानको दुई वर्षअघि मृत्यु भएको थियो । श्रीमानको मृत्युपछि एउटा सिलाइ बुनाइको मेसिन किनेर दुई छोरीका साथ उनले बाख्रापालन गर्दै जीविका चलाउँदै आएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५