AArya
RUMPUM
animated ellipse animated ellipse

खेलाडी छनौटमा वञ्चित गरेको भन्दै कार्यालय प्रमुख पोखरेलमाथि कुटपिट, निर्णाय नसच्याए तालाबन्धी गर्ने चेतावनी

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२३ जेष्ठ २०८२, शुक्रबार ०९:०९
450
Shares
विराटनगर / १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट प्रदेशका लागि खेलाडी छनौट गर्दा मोरङ जिल्ला खेलकुद विकास समितिले कराँतेका छ जना खेलाडीलाई वञ्चित गरेको भन्दै कार्यालय प्रमुखलाई कुटपिट गरेका छन् ।

कार्यालय प्रमुख राजन पोखरेललाई बिहीबार दिउँसो कार्यकक्षमा पुगेर कराँतेका खेलाडी र प्रशिक्षकले दुव्र्यवहार गर्दै कुटपिट गरेका हुन् ।

जिल्ला खेलकुद विकास समिति मोरङले छ वटा खेलहरूमध्ये कराँते प्रतियोगितामा खेलाडीहरूलाई वञ्चित गरेर खेलाडी छनौट गरेपछी कार्यालय प्रमुख पोखरेललाई हातपात गर्दै दुव्र्यवहार गरिएको छ ।

जेठ २० र २१ गते भएको खेलाडी छनौटमा जिल्ला खेलकुद विकास समिति मोरङले छ वटा विधामा ९८ जना खेलाडी छनौट गरेको थियो । जसमध्ये मार्शल आर्ट, तेक्वान्दो, कराँते, उखु, एथलेटिक्स, कबड्डी र भलिबलमा जम्मा खेलाडी ९८ जना र प्रशिक्षक तथा अफिसियल १० जना गरेर एक सय आठ जना छनौट गरेको जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष पोखरेलले जानकारी दिए । ‘

हामीले पालिका स्तरमा प्रतियोगिता खेलाउने हो । त्यसबाट छनौट भएका खेलाडीहरूलाई प्रदेशमा सिफारिस गरेर पठाउने हो,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘ ‘आइतबारसम्ममा छनौट भएका खेलाडीहरूलाई प्रदेशमा पठाउनेछौं । हामीले विधिसंगत रूपमा खेलाडी छनौट गरिएको छ ।’

यसरी खेलाडी छनौट गर्दा आफूमाथि दुव्र्यवहार भएको उनले बताए । दुव्र्यवहार गर्ने चन्द्र पराजुली, राम लिम्बु र धर्म न्यौपानेविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको उनले बताए ।

‘कार्यालयमा बसेको ठाउँमा ममाथि दुव्र्यवहार भएको छ,’ उनले भने, ‘ दुव्र्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएको छु ।’

निर्णाय नसच्याए तालाबन्धीको चेतावनी
मोरङ जिल्ला कराँते महासंघका अध्यक्ष राम लिम्बुले करातेका खेलाडीहरूलाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा वञ्चित गराएपछी कार्यालयमा तालाबन्धी गर्ने बताए । ‘शुक्रबारसम्म निर्णाय सच्याउने हामीले मौका दिएका छौं । खेलाडी वञ्चित गर्ने उद्देश्यले गराएको प्रतियोगिताको निर्णाय नसच्याए हामी मोरङ जिल्ला खेलकुद विकास समितिको कार्यालयमा तालाबन्धी गर्नेछौं,’ अध्यक्ष लिम्बुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को निर्देशनानुसार आगामी जेठ २८ देखि ३० सम्म सञ्चालन हुन लागेको १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको छनौट खेलहरूमा व्यवस्थित जिम्मेवारी तोकिए पनि मोरङ जिल्ला खेलकुद विकास समितिले अनपेक्षित रूपमा स्थानीय कराँते खेलाडीहरूलाई वञ्चित गरेको विरोधस्वरूप मोरङ जिल्ला कराते महासंघले गहिरो दुःख र आपत्ति जाहेर गरेको छ ।

कराँते महासंघका अध्यक्ष राम लिम्बुले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि जिल्ला खेलकुद विकास समितिको निर्णय पूर्ण रूपमा गैरजिम्मेवारपूर्ण र राखेप निर्देशविपरीत भएको हुँदा तत्काल सच्याएर खेलाडीहरूलाई अवसर दिन आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर