AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जनता नमूनाका शिक्षक तथा शिक्षिका सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ बैशाख २०८०, आईतवार १५:१५
531
Shares
विराटनगर / जनता नमूना माध्यमिक विद्यालयमा अध्ययन गरेर २०३७ सालमा एसएलसी दिएका विद्यार्थीहरुले आफूलाई विद्यालयमा अध्यापन गराउने शिक्षकहरूलाई एक कार्यक्रमको आयोजना गरी विराटनगर र काठमाडौंमा एकैदिन सम्मान गरेका छन्।

आफ्नो जीवनमा उच्च आदर्श बोकेर सबैको भलो चिताउने शिक्षक तथा शिक्षिकालाई आजको समाजले त्यति धेरै प्राथमिकता नदिएको अवस्थामा यस्तो सम्मान कार्यक्रमले धेरै महत्व राख्ने आयोजक सदस्य दिनेशराज सुवेदीको बुझाई रहेको छ।

उक्त सम्मान कार्यक्रममा दिवंगत शिक्षक तथा शिक्षिकाको आत्माको चिर शान्तिको कामना गर्दै एक मिनेटको मौनधारणबाट सम्मान कार्यक्रम हुँदै सम्मानितहरूबाट अनुभव तथा मन्तव्य राख्ने कार्यक्रम सम्पन्न भएको थियो। सो अवसरमा टेककुमारी कोइराला, विणा जोशी, उर्मिला श्रेष्ठ, यशोदा पौडेल, शान्ता अधिकारी, बिक्रमसिंह थापा, नारायणप्रसाद भगत, प्रकाशकुमार चापागाईं, श्यामनन्दन शर्मा, शिवसंकर श्रेष्ठ, लक्ष्मीकान्त नन्दी, नारायणप्रसाद आचार्य, कृष्णबहादुर बस्नेतलाई सम्मान गरिएको कार्यक्रमका अध्यक्ष लेखु आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर