विराटनगर / कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्गले समाजका सबै नागरिकले स्वस्थ्य एवं अनुशासित हुन योगको अभ्यास दैनिक गर्नुपर्ने बताएका छन् ।
इशा फाउण्डेशन आनन्दकुटी आश्रमद्वारा प्रशिक्षित कमलगाउँपालिका–२ झापाका गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एक दिने ‘ हट योगा कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
प्रदेश प्रमुख खापुङ्गले दक्ष गुरुद्वारा गरिने योगको दैनिक अभ्यासले हामीलाई रोग लाग्न नदिनुका साथै यसले स्वस्थ्य शरीर निर्माण हुनगै हाम्रा दैनिक कार्यहरु सहज रुपमा सम्पन्न गर्न सहयोग पुग्ने बताए । उनले यस प्रकारको योग अभ्यास शिशिर मुलुकमा दुर्गम र पहाडी क्षेत्रमा समेत गर्नुपर्ने जोड दिदै यसले समाजमा भाईचारा र सामाजिक सद्भाव कायम मद्दत पुग्ने बताए ।
प्रदेश प्रमुख खापुङ्ग, प्रदेश प्रमुख कार्यालयका सचिव खगेन्द्र पराजुली, कार्यालयका कर्मचारीहरु एवं सर्वसाधारण सहभागी योग अभ्यास कार्यक्रममा मुख्य प्रशिक्षक चन्दा घिमिरे लगायतका गुरुहरुले अभ्यास गराए ।