AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रचण्ड नआएपछि मोरङ ब्यापार संघको वार्षिक साधारण सभा दोस्रोपटक स्थगित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ श्रावण २०७८, मंगलवार १७:१०
684
Shares
विराटनगर / मोरङ ब्यापार संघको आज हुने भनिएको ६५ औं वार्षिक साधारण सभा दोस्रोपटक स्थगित भएको छ ।

संघका महासचिव अनिलकुमार साहले अर्को सूचना जारी नहुञ्जेलका लागि साधारणसभा स्थगित गरिएको जानकारी दिए । त्यसैगरि, संघका एक पदाधिकारीका अनुसार प्रमुख अतिथी नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको समय नमिल्दा साधारणसभा धकेलिएको बताए । प्रमुख अतिथि दाहालको समय अन्तिम समयमा नजुरेपछि आज हुने भनिएको कार्यक्रम रोकिएको हो ।

अध्यक्ष दाहालसहितको साधारणसभाको निमन्त्रणा पत्रसमेत छापेर वितरण गर्ने क्रममा कार्यक्रम स्थगित गरिएको ती पदाधिकारीले बताए । यसअघि साउन १७ गतेको कार्यक्रममा प्रमुख अतिथीमा अर्थमन्त्री जनार्दन शर्मालाई निम्तो गरिएको भएपनि समय मिल्न नसकेको उनले जानकारी दिए । जसका कारण सो समय कार्यक्रम पछाडि धकेलिएको थियो ।

संघका अध्यक्ष प्रकाश मुन्दडाले कोभिड महामारीका बीच समेत सक्रिय रुपमा गतिवीधि भएको बताएका छन् । यसबीच भारतको विहारस्थित मिरगञ्ज पुल निर्माणका लागि गरिएको दवाव, कोभिड विरामी उपचारका लागि प्रदेश सरकारलाई कोभिड अस्पताल हस्तान्तरण, कटहरीमा विद्युत जडान, युवालाई लक्षित हुंदै मेरो देश मेरै उत्पादन जस्ता कार्यक्रमको सकारात्मक छाप छाड्न सफल भएको उनको दाबी रहेको छ ।

प्राविधीक रुपमा केही अड्चन देखिएको बताएका संघका वरिष्ठ उपाध्यक्ष नविन रिजालले स्थगित भएको साधारणसभाको समय केहीदिन भित्रै तोकिने जानकारी दिए ।

साधारणसभाले नयाँ कार्यसमितिका लागि निर्वाचन मिति तय गर्नेछ । जसअनुसार सुरुमा सदस्यको हुने र त्यसपछि सदस्यहरुबाट अध्यक्षको निर्वाचन हुने प्रावधान रहेको छ । यसअघि वरियताक्रमका अनुसार वरिष्ठ उपाध्यक्षले स्वतः अध्यक्षको जिम्मेवारी पाउने प्रावधान रहेको थियो । तर, वर्तमान अध्यक्ष मुन्दडाको समयबाट निर्वाचनले स्थान पाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर