खबर पूर्वाञ्चल
गत माघ २९ गते नगरको १४ औँ हिउँदे नगर सभा सम्पन्न भएपछि फागुन २ गते बेलबारी नगरपालिकाका कर्मचारीको जम्बो टोली रमाइलो गर्न संखुवासभा गएका छन् ।
करिब १ महिना अघि मात्रै नगरपालिका प्रवेश गरेका प्रमुख प्रशासकीय अधिकृत किरण प्रसाद ढकालको जन्म थलो समेत संखुवासभा हो भने लेख अधिकृत धनमाया राईको पनि संखुवासभा नै हो ।
घुम्न निस्कने टोलीमा प्रमुख प्रशासकीय ढकाल, लेखा अधिकृत राई, सूचना पूर्वाधार विकास शाखाका दिलीप राजांवशी, वडा नं ११ का इन्जिनियर योगेश गौतम, नगर अस्पतालका कर्मचारी दिनेश गौतम लगायत रहेका छन । घुम्न हिँडेका मध्ये केही कर्मचारीले भ्रमण तथा अनुगमन भत्ताको लागि समेत आवेदन दिएको पालिका स्रोतको दाबी छ ।
नगर स्रोतका अनुसार माघ २ गते मन्त्रालयको कार्यक्रम छ भनी हिँडेका प्रमुख प्रमुख प्रशासकीय अधिकृत ढकालले प्रदेशको मन्त्रालयमा तालिम भन्दै हिडेका थिए भने सडक तथा पूर्वाधार विकास उपशाखाका इन्जिनियर बालकृष्ण निरौला र राम शंकर शाह सार्वजनिक खरिद अनुगमन कार्यालयको तालिममा इटहरी गएको,साथै लेखा शाखा अधिकृत राई लगायत अन्य कर्मचारीसमेत विभिन्न काममा गएको भनी संखुवसभा पुगेको पाइएको हो । उनीहरुले समेत चैनपुरमा रहेको बताएका छन् ।
नगरपालिकाकी उप प्रमुख नीतु थापा कोइरालाले प्रमुख प्रशासकिय अधिकृतले तालमि भएको बताएपनि कहा के भन्ने केहि जानकारी नभएको बताइन ।
यता नगर प्रमुख दिलप्रसाद राईले भने यो विषयमा बोल्न नै चाहेनन् । उनले भने ‘यो विषयमा के बोली रहनु र रु उहाँहरू आए पछि स्वप्रष्टीकरण सोध्छु, अनि बोल्छु ।’
नगरपालिकामा कर्मचारी नभएपछि पालिकाको नियमित काममा समेत असर परेको छ । ऐनअनुसार हरेक उत्तरदायी अधिकारीले आफ्नो अनुपस्थितिमा तोकिएको जिम्मेवारी अर्को व्यक्तिलाई सुम्पनु पर्छ । ती अधिकारीको अनुपस्थितिमा तोकिएका अधिकारीले काम गर्न सक्छन् । तर बिदा नलिई घुम्न गएका नगरका प्रमुख प्रशासकीय अधिकृतले भने आफ्नो जिम्मेवारी कसैलाई नदिई विना जानकारी घुम्न गएका हुन।