स्वास्थ्य मन्त्री खापुङले विराटनगरस्थित कोशी अस्पतालको आज निरीक्षण गरेपछि यस्तो चेतवनी दिएका हुन् ।
सरकारी अस्पतालमा समयसम्म चिकित्सक नबस्ने गरेको विरामीको जनगुनासो रहेको छ । कोशीको निरीक्षण गरेपछि मन्त्री खापुङले बिरामीहरूको उपचारमा ध्यान नदिने स्वास्थ्यकर्मीहरूलाई कारबाही गर्ने चेतावनी दिए ।
‘मैले पनि गुनासो सुनेको छु,’ मन्त्री खापुङले भने, ‘समयसम्म अस्पताल नबस्ने चिकित्सकलाई सम्झिाउने छौं । त्यसपछि पनि दोह¥याए कारवाहीको प्रक्रिया अगाडी बढनेछ ।’
सरकारी अस्पतालमा बसेपछि विरामीको सेवा गर्नुपर्ने उनले बताए । ‘सरकारले तोकेको समयसम्म बसेर सेवा दिनुपर्छ, समयसम्म काम गरेको नगरेको अनुगमन गरेर कानूनी कारबाही पनि गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘सरकारले तोकेको समयसीमा सम्म बसेर विरामीको सेवा गरिनुपर्ने हुन्छ । त्यसपछि आफु अनुकुल जानसक्नुहुनेछ ।’
तपाईको प्रतिक्रिया