खबर पूर्वाञ्चल
आफ्नै निवासमा रहेका पूर्वमन्त्री अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अधिकारीले भने आफै अनुसन्धानलाई सहयोग गर्न काठमाडौं जान लागेको बताएका छन् । उनले सबुत प्रमाणसहित जान लागेको बताए । उनलाई यती एयरलाइन्सको जहाजमार्फत काठमाडौँ लगिएको छ ।
अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । प्रदेश मन्त्रीको विदेश भ्रमण पनि संघीय मन्त्रिपरिषद्ले स्वीकृत गर्नुपर्ने भए पनि अधिकारी आफूखुसी जापान थिए ।
अधिकारीसँगै तीन जना सोही मन्त्रालयको नक्कली कार्ड बनाएर जापान उडेको खुलेको छ । संघीय र प्रदेश सरकारको अनुमतिबेगरै अधिकारी कात्तिक १३ गते जापान गएका थिए । टोकियो विमानस्थलमा उनलाई ४८ घण्टा राखेर फिर्ता गरेको थियो ।
अधिकारीसँगै जोडिएका ६ जना पक्राउ परिसकेका छन् । उनीहरूमाथि अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार, उनीहरूको बयानका आधारमा अधिकारीमाथि पनि अनुसन्धान गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
तपाईको प्रतिक्रिया