खबर पूर्वाञ्चल
प्रदेशभित्र एकै दिनमा कोरोनाका कारण मृत्यु भएको यो संख्या अहिलेसम्मकै धेरै हो । यस अघि प्रदेश १ मा असोज १५ गते एकै दिन ५ जना संक्रमणको मृत्यु भएको थियो । नौ जनाको मृत्यु भएसँगै प्रदेश १ मा मृत्यु हुनेको संख्या १ सय २२ पुगेको छ ।
सुनसरीमा ५, मोरङ र ते¥हथुममा २–२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत पाँचजना, विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई जना तथा विराट नर्सिङ होम विराटनगरमा एक र धरानमा होम आइसोलेसनमा बसेका एक जनाको मृत्यु भएको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मृत्यु हुनेमा सुनसरीको धरानका ४, तेह्रथुमका २ जना, इटहरी , विराटनगर र सुन्दरहरैँचाको १/१ जना रहेका छन् ।