वालदिवसको अवसरमा शिक्षादीप कलेजद्वारा शैक्षिक सामाग्री र फलफूल वितरण

खबर पूर्वाञ्चल, २९ भाद्र २०८०, शुक्रबार १७:१४
1.2k
Shares
विराटनगर / विराटनगर – ९ मा रहेको शिक्षादीप कलेजमा अध्ययनरत विद्यार्थीहरूको क्लब शिक्षादीप स्टुडेन्टस क्लबका विद्यार्थीहरुले राष्ट्रिय बालदिवसको अवसरमा शैक्षिक सामाग्री र फलफूल वितरण गरेका छन् ।

पूर्वाञ्चल वाल सेवा आश्रममा शैक्षिक सामाग्री एवंफलफूल वितरण गरेका हुन् । विद्यार्थीहरुलाई सामाजीक उत्तरदायित्वको बोध गराउने अभिप्रायले विद्यार्थीहरु द्वारा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुबाट सहयोग स्वरूप संकलित रकममा कलेजले थप गरी उक्त सामाग्रीहरु आश्रमका संस्थापक सीता पोखरेललाई शुक्रबार हस्तान्तरण गरिएको हो ।

कलेजका संस्थापकहरु शैलेन्द्र शिवाकोटी, को–अर्डिनेटर शंकर भट्टराई र संस्थापक गणेश गौतम तथा विद्यार्थीहरुले वितरण गरे ।

कोशी प्रदेशकै उत्कृष्ट कलेजका रूप स्थापित शिक्षादीप कलेजले यस अघि पनि सामाजीक उत्तरदायित्व अन्तर्गत कोरोना महामारीका बेला अक्सिजन, पि.पि.ई लगायत ठूलो परिमाणमा खाद्यन्न सामाग्रीहरु पनि वितरण गरेको को–अडिनेटर भट्टराईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: khabarpurwanchal6600@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५