animated ellipse animated ellipse

अधिकृतलाई कोरोना देखिएपछि विराटनगरको मालपोतको सेवा बन्द

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ आश्विन २०७७, आईतवार १७:५४
1.04k
Shares
विराटनगर / एक जना अधिकृतलाई कोरोना संक्रमण देखिएपछि विराटनगरस्थित भूमि सुधार तथा मालपोत कार्यालयबाट प्रदान हुने सेवा तीन दिनको लागि बन्द गरिएको छ ।

आज सूचना निकालेर असोज १८ देखि २० गतेसम्म मालपोत कार्यालय बन्द गरेको हो । इनरुवाबाट सरुवा भएका आएका एक जना मालपोत अधिकृतलाई शुक्रबार संक्रमण देखिएको थियो । संक्रमितको सम्र्पकमा पुगेकाहरूको कन्टयाक टे«सिङमा परेकाहरूको स्वाब संकलन र कार्यालय सेनिटाइज गरिन तीन दिन कार्यालय बन्द गरिएको मालपोत कार्यालय विराटनगरका अधिकृत जितेन्द्रलाल श्रेष्ठले जानकारी दिए ।

यसअघि भूमि सुधार कार्यालयका एक जना महिला कर्मचारीमा पनि संक्रमण देखिएको छ । कार्यालय बन्द गरेपछि आज पाँच जना कर्मचारीहरूको परीक्षणको लागि स्बास कोशी अस्पतलाको ल्याब दिएका छन् । उनीहरूको रिपोर्ट आउन बाँकी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर