दरैया बस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई पठनपाठन गर्न सहज बनाउने उदे्श्यले एक कोठे भवन उद्घाटन

खबर पूर्वाञ्चल, ९ असार २०७८, बुधबार १०:२१

विराटनगर / लायन्स क्लव अफ विराटनगर पाथिभराले पाथिभरा लायन्स जनता अध्ययन केन्द्रको एक कोठे भवनको उद्घाटन गरी सञ्चालनमा ल्याएको छ ।

बालबालिकाहरुको छाना मुनी बसेर बढने रहरलाई लायन्स क्लव अफ विराटनगर पाथिभराले पुरा गरिदिएको छ । पाथिभरा लायन्स जनता अध्ययन केन्द्रमा स्थानीय बालबालिकाहरु अध्ययन गर्ने छन् ।

विराटनगर–१६ स्थित दरैया बस्तीका मुसहर समुदायका बालबालिकाहरुलाई पठनपाठन गर्न सहज बनाउने उदे्श्यले लायन्स क्लव अफ विराटनगर पाथिभराले एक कोठे भवनको  विधिवत रुपले उद्घाटन गरी सञ्चानमा ल्याएको हो । क्लवले सहयोगीहरुलाई प्रशंसा–पत्र प्रदान गरेको छ । केन्द्रमा विद्यार्थीहरुको चाप पढदै गर्दा लायन्स क्लव अफ विराटनगर पाथीभराले क्लवका सदस्यहरुबाट सक्लन गरिएको रकमले थप एक कोठे भवन निर्माण गरेको क्लवकी अध्यक्ष गंगा खतिवडा (शाह) ले बताइन् । उनले बालबालिकाहरुको हरेक इच्छा आंक्षा पुरा गर्न क्लवका सवै सदस्यहरु अझै लागि पर्ने समेत बताइन्

पाँच लाख ५० हजार रुपैयाँ लागतमा २० वाई २० फिटको निर्मित १ कोठे भवनको मल्टिपल काउन्सील प्रमुख राजन खत्रीले उद्घाटन गरेसँगै औपचारिक रुपमा सञ्चालनमा आएको छ । भवन निर्माण भएपछि दरैया बस्तीका मुसहर समुदायका मानिसहरु खुशी भएका छन भने बालबालिकाहरु नयाँ भवनमा पढ्न पाउने भएका छन् ।

दलित बालबालिकाहरुको लागि यस्तो मनकारी भावनाका साथ लायन्स क्लव अफ विराटनगर पाथिभाराले गरेको काम उदाहरीणय रहेको मल्टिपल काउन्सील प्रमुख खत्रीले बताए । उनले क्लबको उच्च मुल्याङ्गन गर्दै कामको प्रशंसा समेत गरे ।

भवन निर्माणका लागि २०७७ माघ ७ गते जिएसटी मल्टिपल को–ओर्डिनेटर अनन्त भेटवाल, पूर्व डिस्ट्रिक गर्भनर ३२५ का लिला ढुंगेल र युनिट एरिया लिडर फस्ट भाईस डिष्ट्रिक गर्भनर रेवतबहादुर कार्कीलगायतको उपस्थितिमा शिलान्यास गरिएकोे थियो ।

दलित बालबालिकाहरुका लागि लयान्स क्लव अफ पाथिभराले उच्च शिक्षाका लागि अभियान निकै नै सराहनीय रहेको डिस्ट्रिक गभर्नर इलेक्टेड, रेवतबहादुर कार्कीले बताए । निरन्तर यो कार्यमा लागि रहन सुझावदिनु हुँदै आवश्यक परेमा सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

क्लवले च्यारीटी सो प्रदर्शन गरी केन्द्रमा चर्पी समेत बनाई दिएको थियो । विगत ३ वर्ष अगाडी देखि भवन नहुँदा बालबालिकहरु चौरीमा पढदै आईरहेको थियो । यी नै जरजर अवस्था देखेर लायन्स क्लव अफ पाथिभाराकी पूर्व अध्यक्ष अपर्णा दाहालको नेतृत्वमा एक कोठे पाथिभरा लायन्स जनता अध्यन केन्द्र निर्माण गरेर २०७५÷२०७६ सालमा डिष्ट्रिक्ट गर्भनर लायन अनन्तप्रसाद भेटुवाल मार्फत भवन केन्द्रलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५