RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्री र सभापति दुवै पद देउवाले छोड्न पर्छ : महामन्त्री थापा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

३० जेष्ठ २०८०, मंगलवार १७:५१
216
Shares
विराटनगर / नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा संचारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री थापाले पुस्तान्तरणका लागि सभापतिले नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका हुन् ।

यही गठबन्धनमा कांग्रेस नेतृत्वमा सरकारसमेत बन्ने पक्का भएकाले सभापतिले अब प्रधानमन्त्रीमा समेत दाबी गर्नु नहुने उनले बताए । महामन्त्री थापाले प्रधानमन्त्रीमा सभापतिवाहेक अन्य जो सुकै भए पनि हुने बताएका छन । ‘उहाँ पाँचपाँच पटक प्रधानमन्त्री भइसक्नु भएको छ,’ थापाले भने ‘अब प्रधानमन्त्रीमा फेरि आस गर्नुहुँदैन । अरू जो सुकै बने पनि हुन्छ ।’

नेपाली जनताले कांग्रेसबाट नयाँ प्रधानमन्त्रीको खोजी गरेको समेत उनले बताए । सभापतिले नयाँ व्यक्तिलाई प्रधानमन्त्री र सभापति दुवै पद छोड्न मार्ग प्रशस्त गर्नुपर्ने उनले बताए।

कांग्रेस नेतृत्वको सरकार बन्नुभन्दा अगाडि नै देउवाले मार्ग प्रशस्त गर्नु पर्ने उनको भनाइ छ । सभापतिले आफ्नो र पार्टी हितका लागि दुवै पद छोड्नु पर्ने उनले बताए । ‘मैले कुनै रिसिबी लिएर भनिरहेको छैन । पार्टी हितका लागि हो । नेपाली कांग्रेसले नयाँ नेतृत्व खोजी रहेको छ । यी कुरा लागु गर्न म लागि रहेको छु । अझै लाग्छु । परिवर्तन गर्न लागि रहेको छु । जोखिम उठाउने हो । फलका विषयमा चिन्ता गर्ने होइन । आज मेरो काम भनेको नेतृत्व र सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने हो ’ उनले भने ।

वरिष्ट नेता शेखर कोइराला देउवा खेवामा जानु भयो भन्ने हल्ला छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा महामन्त्री थापाले १४ औ महाधिवेशन देखिको सबन्धमा अहिलेसम्म पनि प्रकाढ नै रहेको जबाफ दिएका छन् । १५ औ महाधिवेशनसम्म पनि रहिरहने दावी गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर