AArya
RUMPUM
animated ellipse animated ellipse

एमसिसीको ब्याख्यात्मक टिप्पणी भनेको न्यानो थाङ्नो मात्रै हो– नेता खनाल

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ फाल्गुन २०७८, बुधबार १६:२५
162
Shares
विराटनगर / नेकपा एकिकृत समाजवादीका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अमेरिकी सहयोगको एमसिसीको ब्याख्यात्मक टिप्पणी भनेको न्यानो थाङ्नो मात्रै भएको टिप्पणी गरेका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन् । नेता खनालले भने, ‘त्यो थाङनामा अहिले साथीहरू सुत्नुभएको छ ।’ एमसिसीका परिणाम बिस्तारै देखिने उनले बताए ।

नेता खनालले विधि प्रक्रिया पूरा नगरी एमसिसी पास गरेको गुनासो गरेका छन् । हतारमा पास गर्नु देशका लागि लज्जास्पद भएको उनको भनाइ छ । संसदभित्र विधि र प्रक्रियाबाट एमसिसी नआएको बताउँदै उनले हतारमा पास गरेका कारण कार्यान्वयन गर्न चुनौतीपूर्ण रहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर