AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मानव सेवा आश्रमका असहायलाई भोजन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ आश्विन २०८०, बुधबार १७:१४
162
Shares
विराटनगर / विराटनगर वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेसहितका परिवारले बुवा–आमाको पुण्यथितिमा मानव सेवा आश्रमका असहायहरुलाई भोजन गराएका छन् ।

परम्परागत संस्कार र संस्कृतिमा परिवर्तन गर्दै आश्रमका असहायहरुलाई एकछाक भोजन गराउनुका साथै टोपीसमेत वितरण गरिएको थियो । अध्यक्ष नेउपानेसहित त्रिलोक नेउपाने र नगेन्द्रमणि न्यौपानेसहितका नेउपाने परिवारले विराटनगर–१० सिथत आश्रममै पुगेर असहायहरुलाई भोजन गराएको हो । सोह्रश्रद्धामा गरिने पितृ कार्यमा हुने खर्चलाई आश्रमका लागि प्रयोग गरिएको वडाध्यक्ष नेउपानेले बताए । उनले परिवर्तन आफैंबाट हुनुपर्छ भन्ने मान्यता राखेर यस वर्षदेखि आश्रमका असहायहरुलाई भोजन गराउन सुरु गरिएको जानकारी दिए ।

जन्मदिन, वैवाहिक उत्सव र श्राद्धमा गरिने खर्च मानव सेवा आश्रममा आश्रितहरुका लागि खर्च गर्नुपर्नेमा उनको जोड थियो । कार्यक्रममा समाजसेवी त्रिलोक नेउपाने, नगेन्द्रमणि नेउपाने, विन्ध्या नेउपाने, बसपार्क संरक्षण समितिका अध्यक्ष पदम श्रेष्ठ, कवि एवं पत्रकार मीनकुमार नवोदितलगायतले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रमलाई सहयोग गर्दा छुट्टै आनन्द आउने बताए ।

आश्रममा ६० जना असहायक महिलाले आश्रय लिँदै आएको छन् । पछिल्लो समय आश्रममा पितृकार्यसहित जन्मदिन र वैवाहिक उत्सवका अवसरमा सहयोग गर्ने क्रम बढ्दै गएको आश्रममा कार्यरत पार्वती तिवारीले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर