AArya
RUMPUM
animated ellipse animated ellipse

प्याजको कालोबजारी गरेको आरोपमा दुई व्यापारी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ आश्विन २०७७, आईतवार २०:५७
3
Shares
विराटनगर / प्याजको कालोबजार गरेको आरोपमा दुई जना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले विराटनगर – ९ पुरानो गुद्रीमा तरकारीको होलसेल पसल गर्ने ३८ वर्षिय संजयकुमार गुप्ता र सोही ठाउँका २९ वर्षिय मुकेशकुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै व्यापारीलाई आज कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय मोरङमा सात दिनको म्याद थप गरि अनुसन्धान सुरू गरेको मोरङ प्रहरीका एसपी सन्तोष खड्काले जानकारी दिए ।

पक्राउ परेका व्यापारीले ४१ रुपैयाँमा खरिद गरेको प्याज ९५ देखि एक सय रुपैयाँ प्रति केजी विक्री गरेको भेटिएपछि पक्राउ गरिएको उनले जानकारी दिए ।

भारतबाट अहिले प्याजको आयात रोकिएपछि खरिद गरेको मूल्य भन्दा बढीमा विक्री गरेको भेटिएपछि नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरू गरेका छ । पक्राउ परेका गुप्ताले विजयकुमारले योगेश पसल र मुकेशले तनिसा ट्रेडर्स पसलबाट प्याजको कालोबजारी गर्ने गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर