जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा डिल्ली पोखरेलको ह्याट्रिक

खबर पूर्वाञ्चल, २६ पुष २०७८, सोमबार १६:५५

विराटनगर / जिल्ला सहकारी संघ मोरङको अध्यक्षमा तेस्रो कार्यकालका लागि विराटनगरका डिल्ली पोखरेल पुनः निर्वाचित भएका छन ।

विराटनगरमा आईतबार सम्पन्न जिल्ला सहकारी संघको साधारणसभाबाट पोखरेल सरकारमा रहेको ५ गठबन्धनका विरेन्द्र यादवलाई २९ मतले पराजित गर्दै पुनः अध्यक्षमा निर्वाचित भएका हुुन् । पोखरेलले १५६ मत ल्याउँदा यादवले १२७ मत प्राप्त ल्याए । सहकारी संघको अध्यक्षमा निर्वाचित पोखरेल सहकारी संघ प्रदेश १ का अध्यक्ष पनि हुन् ।

त्यस्तै सहकारी संघको लेखा समिति संयोजकमा दुर्गाप्रसाद गौतम १४९ मत सहित विजयी भए । लेखासमिति संयोजकको अर्का उम्मेदवार गणेशप्रसाद निरौलाले १२३ मत ल्याउँदा गौतम २६ मतले विजयी भएका हुन् । यस्तै महिला सदस्यतर्फ सीता शर्मा दाहाल र संगिता दाहाल विजयी भइन् । सीता शर्माले १३९ र संगिताले १४१ मत प्राप्त गरिन् ।

यसैगरि मतदानमा महिला सदस्यका उम्मेदवार माया ओझाले १३३, तुलसी कुँवर बिष्टले ११० मत प्राप्त गरेका थिए । सञ्चालक समिति सदस्य खुलातर्फ भने कमलेश्वर ठाकुर, विजयकुमार सरदार, उमेश गुरुङ, जीवन काफ्ले, चन्द्रप्रसाद भट्टराई, प्रभात खड्का, ऋषिराज पौडेल, हेडम्बराज भट्टराई र मिराकुमारी दाहाल हिरा विजयी भएका छन् ।

अध्यक्षमा निर्वाचित पोखरेलले भने आफ्नो जित सम्पूर्ण सहकारी कर्मीहरुकोे जित रहेको बताए । उनले आगामी दिनमा संघका सदस्यको हितलाई ध्यानमा राख्दै अघि बढ्ने जानकारी दिए । सहकारी अभियानलाई बढीभन्दा बढी सदस्यमाझ पुर्याउनु सबैको साझा दायित्व हुनुपर्ने उनकोे भनाई थियो ।

आईतबारको साधारणसभामा भने अध्यक्ष बाहेकका पदाधिकारी सर्वसम्मत भएका थिए । बरिष्ठ उपाध्यक्षमा विजय माझी, महिला उपाध्यक्षमा पार्वता बराल, सचिवमा राकेश दाहाल, सह–सचिवमा युवराज भट्टराई र कोषाध्यक्षमा अमृत गुरुङ निर्विरोध निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रियाहरु

  1. Cooperative लेख्नुहुन्छ

    60 voter afno manxai cheraune chor hun Pokhrel pura chalbaji gare tara pani bari matt leyana sakai na..20 vote ta ghar mai pale ko xa… tara pani Yadav sita matra 29 vote le jitai ko xa kina vane janta le Yadav ra waha ko ne swarth kaam lai mann parayai ko ho..sab lai thaha ta yo Pokhrel haru chor hun…lazz xaina..aafu ra afno paribarik banayai ra rakya xa sangh lai. Sang ko khi pragati xaina afno family ko pet palna lai matra lagya xa… akhir 3 palta kina? Pardesh sang ko aadhyakh vai sakai paxi jilla ma kina lob. 1200 vanda bari sahakari madyai 395 lai matra rakne tesma pani bahira ko manxai lai xerayai ra voting garaune chori budhi matra ta aauxa yo Pokhrel haru lai..,aru sahakari karmi haru le mauka kahile paune ta???

तपाईको प्रतिक्रिया

*

PABSON
SBSC
Sitala Subaa
mani Sir
MINILYAND
jagat Sir
SURENDRA

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५