AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रोल्पा घटनाका दोषीलाई कारबाही गर्न काँग्रेसको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ बैशाख २०७७, शुक्रबार १८:२२
3
Shares
काठमाण्डौ / नेपाली काँग्रेसले रोल्पामा बम विस्फोट भएर चार बालबालिकाको मृत्यु भएको घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।

हिजो रोल्पाको त्रिवेणी गाउँपालिकामा वेवारिसे बम खेलाउँदा चार बालबालिकाको मृत्यु भएको थियो । यस घटनाले मर्माहत भएको भन्दै काँग्रेसले सशस्त्र द्वन्द्वको घाउमा खाटा बस्न बाँकी रहेको बेला यस्तो घटना हुनु अत्यन्तै दुखद र गम्भीर भएको विज्ञप्तीमार्फत जनाएको हो । ‘यस्ता वेवारिसे अवस्थाका बमलाई खोज अनुसन्धान गरेर निष्क्रिय पारी नागरिक जीवनलाई सुरक्षित गर्ने कर्तव्यमा गम्भीर बन्न नेपाली काँग्रेस नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छ।’ पार्टी प्रवक्ता विश्प्रकाश शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर