चलचित्र चुरीफुरीका निर्देशक आचार्यद्वारा २५ परिवारलाई राहत

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७८, शुक्रबार १५:३७

काठमाण्डौ / चलचित्र “चुरीफुरी“ परिवारले कोरोना महामारीले गरिएको लकडाउनले गर्दा काम गरेर खान नपाएका परिवारहरुलाई काठमाण्डौको बसुन्धरामा रहेका केही पिडितहरुलाई खाद्यान्न तथा माक्स प्रदान गरेको छ ।

वैशाख १६ गतेदेखि जारी लकडाउनका कारण छाक टार्न गाह्रो भएका केही एकल महिला, अपांग तथा मृगौलाको विरामी र ज्यालामजदुरहरुलाई चामल, तेल,नुन, विस्कुट ,माक्स जस्ता सामग्री करिब २० देखि एक महिनालाई पुग्ने गरी प्रदान गरिएको छ । सो क्षेत्रका २५ परिवारलाई २५ बोरा चामल सहित विभिन्न खाद्य सामग्री प्रदान गरिएको चुरीफुरीका निर्माता निर्देशक ऋषीराज आचार्यले बताए ।

चलचित्र चुरीफुरीको तर्फबाट गरिएको राहत वितरण चलचित्र निर्देशक तथा निर्माता आचार्य र सह निर्माता विमला भुसालले राहत वितरण गरेका हुन् । महामारीमा थोरै भएपनी राहत होस भनेर केही पीडितहरुलाई राहत बाडेर सेवा गर्न पाएकोमा निर्देशक आचार्यलाई खुशी लागेको बताए ।

चलचित्र चुरीफुरी आगामी १ असोजमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ । यो फिल्ममा रविन्द्र झा,अभिषेक श्रेष्ठ,राजिव जङ्ग बस्नेत,पुजा पन्त, सोना बज्राचार्य ,रिन्जिन गुरुङ ,शिशिर भण्डारी, दिपक आचार्य (काकु), सुबोध गौतम (एदुमे) , पवन खतिवडा (म्याकुरी ),सुरबिर पण्डित(दारी बा), सुनिता श्रेष्ठ , ऋतु आचार्य ,राजेन्द्र खाती,लक्ष्मी ढकाल(जोया),महेश्वर आचार्य ,कमल सिंह ,अस्मिता बस्नेत ,सरिस्मा मगर ,तुलसीप्रसाद श्रेष्ठ ,रश्मि आचार्य ,लक्ष्मण अधिकारी ,दिल गोदार,जि.पि.पाठक,मनिल तामाङ आदि कलाकार छन् । यो फिल्मको सह निर्मातामा विमला भुसाल ,राजेन्द्र खाती, शिव थापा, निर्मातामा ऋषिराज आचार्य, रिना ढकाल भण्डारी र लेखक निर्देशकमा आचार्य आफैं छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

MADHAV RAJ WAGLE
PABSON daisain

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५