animated ellipse animated ellipse

युवा वर्ष मोती पुरस्कार विजेता नवोदितलाई झोराहाटको सम्मान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ आश्विन २०७८, शनिबार १८:२५
369
Shares
विराटनगर / झोराहाट नाट्य समूहले कवि एवं पत्रकार मीनकुमार नवोदितलाई सम्मान गरेको छ । हालै नेपाल सरकारबाट युवा वर्ष मोती पुरस्कार प्राप्त गरेका नवोदितलाई बधाईसहित नाट्य समूहले सम्मान गरेको हो ।

काठमाण्डौभन्दा बाहिर बसेर निरन्तर रुपमा कलम चलाइरहेका नवोदितले नेपाली साहित्यको प्रतिष्ठित पुरस्कार प्राप्त गरेकाले खुशी व्यक्त गर्दै थप हौसला बढाउन सम्मान गरिएको झोराहाट नाट्य समूहका अध्यक्ष भरत गुरागाईं ‘बर्बरिक’ले बताए । “अरुको प्रगति र खुशीमा झोराहाट नाट्य समूह सधैं खुशी हुन्छ,” गुरागाईंले भने, “नवोदितजीले जुन पुरस्कार प्राप्त गर्नु भएको छ, त्यो काठमाण्डौभन्दा बाहिर रहेर साहित्य सिर्जना गरिरहेका हामी सबैका लागि गर्वको कुरा हो । हामी आफैं सम्मानित भएको महसुस गरेका छौं ।”

कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका प्राज्ञ विवश पोखरेलले ढाका टोपीसहित दोसल्ला ओढाएर नवोदितलाई सम्मानपत्र प्रदान गरेका थिए । पत्रकारिता र साहित्यलाई सँगसँगै अगाडि बढाइरहेका नवोदितको केही हप्ताअघि रत्न पुस्तक भण्डार काठमाण्डौले ‘समयको बयान’ कवितासङ्ग्रह बजारमा ल्याएको छ । उक्त कवितासङ्ग्रह नवोदितको तेस्रो कृति हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर