RUMPUM
animated ellipse animated ellipse

लागुऔषध ब्राउनसुगर सहित विराटनरबाट २ जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२२ श्रावण २०७९, आईतवार १७:५२
909
Shares
विराटनगर / प्रदेश १ को राजधानी विराटनगरबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज बिहान साढे १० बजे विराटनगर १५ स्थित १ नम्बर ढाटबाट प्रहरीले लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को ३४ प २६३ नम्बरको मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकलमा सवार रहेका २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा विराटनगर १२ का २२ बर्षीय सुहन लिम्बु र मोरङ बेलबारी ११ का ३१ बर्षीय सिकुम योङहाङ रहेको मोरण् प्रहरीले जनाएको छ । उनीहरुको साथबाट २ ग्राम ९४ मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद गरिएको छ । लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका लिम्बु र योङहाङको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको मोरङ प्रहरी जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर